Ministry of Labour, Employment and Social Security
७५३ बटै स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रका लागि रोजगार संयोजकको सेवा करारमा लिन यस मन्त्रालयले मिति २०७५।१०।४ गते अनलाइन दरखास्त आह्वान गरेकोमा रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७५ को दफा ९ मा उल्लेखित आधारहरु अनुरुप प्राप्त दरखास्तहरुको छानबिन गरी माग गरिएको पदको तीन गुणाले हुन आउने उम्मेदवारहरुको प्रदेशगत रुपमा तयार गरिएको प्रारम्भिक योग्यताक्रमको सूची यस मन्त्रालयको मिति २०७५।१०।२७ गतेको निर्णयानुसार प्रकाशन गरिएको छ। प्रारम्भिक योग्यताक्रममा समावेश भएका उम्मेदवारहरुको कम्प्युटर सीप परीक्षा कार्यक्रमको तालिका देहायबमोजिम तोकिएको छ।
प्रारम्भिक योग्यताक्रमको सूचीमा समावेश हुन सफल भएका उम्मेदवारहरुले कम्प्युटर सीप परीक्षामा सहभागी हुन आउँदा देहाय बमोजिमका कागजातहरु २/२ प्रति अनिवार्य रुपमा पेश गर्नुपर्नेछः
१. प्रवेशपत्र,
२. पासपोर्ट साइजको फोटो,
३. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,
४. शैक्षिक योग्यताको प्रमाणपत्र (एस.एल.सी. देखि पेश गरेको उच्चतम शैक्षिक योग्यता सम्मको चारित्रिक प्रमाणपत्र र लब्धांकपत्र) को प्रतिलिपी,
५. अनुभव पेश गर्ने उम्मेदवारहरुले अनुभवको प्रमाणपत्रको प्रतिलिपी,
६. बिदेशबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारहरुले सो शैक्षिक उपाधिको त्रिभुबन विश्वविद्यालयबाट प्रदान गरिएको समकक्षताको प्रमाणपत्रको प्रतिलिपी।
उपर्युक्तानुसारका कागजातमध्ये प्रतिलिपी पेश गर्नुपर्ने कागजातको हकमा उम्मेदवार स्वयंले सक्कल बमोजिमको नक्कल प्रमाणित गरी पेश गर्नुपर्नेछ।
कम्प्युटर सीप परीक्षामा सहभागी हुन आउँदा परीक्षा तालिकामा उल्लेख भएको परीक्षा समयभन्दा कम्तीमा १ (एक) घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित भई सक्नुपर्नेछ।