युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना

नेपालको रोजगार सेवा तथा श्रम बजारको नतिजामा सुधार गर्न विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (Youth Employment Transformation Initiative Project) सञ्चालनमा रहेको छ । यस आयोजनाले प्रधानमन्त्री रोजगार कार्यक्रम संग आवद्ध भई रोजगारीको अवसरहरु सिर्जना गर्ने र उपलव्ध रोजगारीका अवसरहरुमा लक्षित वर्गको पहुँच अभिवृद्धि गर्दै श्रमिकको आयमा बृद्धि तथा लक्षित वर्गको जीवनयापनमा सुधार गर्ने लक्ष्य लिएको छ।

आयोजनाको उद्देश्य

(क) रोजगारीको सेवा, सुविधा र प्रणालीमा विकास तथा विस्तार गरी लक्षित वर्गको रोजगारीमा पहुँच अभिवृद्घि गर्ने,

(ख) रोजगारीका अवसरहरुको सिर्जना गर्ने,

(ग) रोजगारसेवाको प्रवर्द्धन मार्फत बेरोजगारीको दर न्यूनीकरण गर्ने।

आयोजनाका कम्पोनेन्टहरु

(क) कम्पोनेन्ट १: रोजगार प्रवर्द्धन प्रणाली र सेवाको सुदृढीकरण

(१) रोजगारीको अवसरमा पहुँच वृद्धि गर्ने,

(२) राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने।

(ख) कम्पोनेन्ट २:  जोखिमपूर्ण अवस्थामा रहेका समूहका लागि श्रम बजारको उपलब्धिमा सुधार:

(१) सामुदायिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नति र सार्वजनिक सेवा प्रवाहमा अल्पकालीन रोजगारी सिर्जना गर्ने,

(२) लाभग्राहीको रोजगार-योग्य क्षमतामा सुधार गर्ने।

(ग) कम्पोनेन्ट ३: आयोजना व्यवस्थापनअनुगमन तथा मूल्याङ्कन र क्षमता अभिवृद्धि:

               आयोजना कार्यान्वयनका लागि व्यवस्थापकीयअनुगमन तथा मूल्याङ्कन र संस्थागत क्षमता अभिवृद्धि गर्ने।

              (घ) कम्पोनेन्ट ४: विशेष अवस्था:

                     महामारीजन्य तथा अन्य आपतकालीन अवस्थामा आवश्यक रोजगारमूलक क्रियाकलाप गर्ने।