FAQ
१ . युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना भनेको के हो?
युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना भनेको माथि उल्लेख भए बमोजिमको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप आर्थिक तथा प्राविधिक सहायता प्रदान गर्ने गरी विश्व बैंकको सहुलियत ऋण सहयोगमा संचालित आयोजना हो ।
लिंकमा जानुहोस्२ . यस कार्यक्रमका सम्बन्धमा कुनै गुनासो भएमा कसरी र कहाँ दर्ता गर्न सकिन्छ ?
यस कार्यक्रमका सम्बन्धमा कुनै गुनासो भएमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय/प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाईट, प्रधानमन्त्री रोजगार कार्यक्रमको सामाजिक संञ्जाल, ईमेल तथा लिखित/मौखिक रुपमा सम्बन्धीत स्थानीय तह/रोजगार सेवा केन्द्र तथा वडा कार्यालयमा गुनासो दर्ता गराउन सकिनेछ ।
लिंकमा जानुहोस्३ . यस कार्यक्रम अन्तरगतका कसुर/सजाय के/कति हुन ?
ईच्छा विपरीत/नचाहेको कार्य गराउन/रोजगारीमा लगाउन चाहेमा, भेदभाव गरेमा, सेवा शर्त सम्बन्धी कानून बाहेक रोजगारीबाट हटाएमा, झुट्टा विवरण तथा कागजात पेश गरी सहायता लिएमा, बेरोजगार सहायता रकमको दुरुपयोग लगायतका कसुर गरेमा २५ हजार सम्म वा कसुर बराबरको कानूनी सजाय हुने व्यवस्था रहेको छ ।
लिंकमा जानुहोस्४ . कार्यस्थल मा काम गर्दा गर्दै केहि दुर्घटना भएको अबस्थामा के कस्तो ब्यबस्था छ ?
यदि काम गर्दा कार्यस्थल मा केहि दुर्घटना भएको खण्डमा सम्बन्धित कार्यक्रमले बिमा को ब्यबस्था गरेको छ । सोहि बिमाबाट दुर्घटना भएको उपचार बापतको क्षतिपूर्ति दिने व्यवस्था भएको छ ।
लिंकमा जानुहोस्५ . रोजगार सेवा केन्द्रको काम के के हुन?
रोजगार सेवा केन्द्रले बेरोजगार व्यक्तिको विवरण संकलन गर्ने, परिचयपत्र वितरण गर्ने, रोजगारी सम्बन्धी सूचना प्रवाह गर्ने, रोजगारीको सम्भाव्यता अध्ययन/अभिलेख गर्ने, रोजगारदाताको अभिलेख राख्ने, रोजगारदाताहरुको लागि श्रमिक उपलव्ध गराउने, ज्ञान/सीप/योग्यता/अनुभव/मागको आधारमा सीप विकास तालिमको लागि सिफारीस गर्ने, रोजगारी/स्वरोजगारी सम्बन्धी कार्य गर्ने अन्य निकायहरु संग समन्वय र सहकार्य गर्ने लगायतका रोज... थप हेर्नुहोस्
लिंकमा जानुहोस्६ . रोजगारदाताले कहाँबाट कसरी श्रमिकको विवरण/श्रमिक प्राप्त गर्न सक्छन ?
रोजगारदाताहरुले लिखित निवेदन सहित सम्बन्धीत स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट श्रमिकको विवरण/श्रमिक प्राप्त गर्न सक्नेछन् ।
लिंकमा जानुहोस्७ . रोजगारदाताको रुपमा स्थानीय रोजगारदाताहरु कसरी, कहाँ दर्ता हुन सक्छन र सोको लागि आवश्यक कागजात के के हुन ?
रोजगारदाताहरु सूचिकृतहुन सम्बन्धीत स्थानीय तहको रोजगार सेवा केन्द्रमा गई निवेदन दिनुपर्नेछ भने सोको लागि आधिकारीक दर्ता प्रमाणपत्र, कामको प्रकृति, आवश्यक कामदार संख्या, रोजगार दिन सक्ने न्यूनतम दिन लगायतका विवरण उपलव्ध गराउनु पर्नेछ ।
लिंकमा जानुहोस्८ . शिप विकास कार्यक्रममा को-को र कसरी सहभागी हुन पाउँछन् ?
छनौट भएका स्थानीय तहका सूचिकृत बेरोजगारहरुले कामको साथ साथै अधिकतम ४० दिन सम्मको सीप विकास तालिम प्राप्त गर्छन् ।
लिंकमा जानुहोस्९ . यस कार्यक्रम अन्तरगत शिप विकास कार्यक्रमहरु पनि संचालन गरिन्छ ? यदि गरिन्छ भने कस्ता प्रकारका शिप विकास कार्यक्रमहरु संचालन गरिन्छ ?
यस कार्यक्रम अन्तरगत छनौट भएका स्थानीय तहहरुमा लक्षित गरी शिप विकास कार्यक्रमहरु समेत संचालन गरिन्छ । सीप विकास कार्यक्रम अन्तर्गत सडक मर्मत सम्भार, मेशन, प्लम्बीङ्ग, विध्युतिय मर्मत, सिकर्मी जस्ता तालिमहरु प्रदान गरिन्छ ।
लिंकमा जानुहोस्१० . यस कार्यक्रम अन्तरगत संचालन हुने स्वरोजगार कार्यक्रम भन्नाले के बुझिन्छ ?
श्रम, सीप, ज्ञान, स्रोत, साधन र पूँजीको परिचालन गरी कुनै वस्तु वा सेवाको उत्पादन, त्यस्तो वस्तु वा सेवाको व्यापार वा कुनै उद्योग वा व्यापार व्यवसाय सञ्चालन वा त्यस्तै कुनै उद्यम वा आय आर्जन गर्ने कार्य लाई बुझिन्छ ।
लिंकमा जानुहोस्११ . एक पटक सूचिकृत भएका बेरोजगार व्यक्तिले कति बर्ष काम/रोजगारी प्राप्त गर्छन ?
एक पटक सूचिकृत भएका बेरोजगार व्यक्तिले एक आर्थिक बर्षको लागि रोजगार/काम प्राप्त गर्छन भने अर्को आर्थिक बर्षको लागि रोजगार/काम पाउँन पून: सूचिकृत भई आउनुपर्ने हुन्छ ।
लिंकमा जानुहोस्१२ . सूचिकृत भएको व्यक्तिले कहिले काम पाउँछन् ?
सूचिकृत भएका बेरोजगार व्यक्तिहरुले निवेदन दिएको अर्को आर्थिक बर्षभित्र स्थानीयतहले आयोजना छनौट गरी आयोजना संचालन गर्ने उचित समयमा सूचिकृत बेरोजगारहरुलाई जानकारी गराई रोजगारीको लागि खटाईन्छ ।
लिंकमा जानुहोस्१३ . रोजगारी प्राप्त गर्नको लागि सूचिकृत भए नभएको जानकारी कहाँबाट प्राप्त गर्न सकिन्छ ?
रोजगारी प्राप्त गर्नको लागि सूचिकृत भए नभएको जानकारी सम्बन्धीत स्थानीय तहको रोजगार सेवा केन्द्रबाट प्राप्त गर्न सकिन्छ।
लिंकमा जानुहोस्१४ . रोजगारी प्राप्त गर्नको लागि सूचिकृत हुने आधारहरु के के हुन ?
रोजगारी प्राप्त गर्नको लागि सूचिकृत हुन बेरोजगार सूची निर्धारण तथा प्रथमिकिकरण मार्गदर्शन २०७६ को बुँदा नम्बर १० मा भएको व्यवस्था बमोजिम कृषि उत्पादन वा ज्याला मजदुरीले बर्षमा ३ महिना खान नपुग्ने परिवारको सदस्य, भूमिहिन वा सुकुम्बासी, एकल महिला घरमुली भएको परिवारको सदस्य, दलित, अल्पसंख्यक वा लोपोन्मुख समुदायको परिवारको सदस्य, नेपाल सरकारले तोकेको प्रतिदिनको न्यूनतम पारिश्रमिकका दरले एक सय दिनको रो... थप हेर्नुहोस्
लिंकमा जानुहोस्१५ . रोजगारी प्राप्त गर्नको सूचिकृत हुन कहाँ र कहिले निवेदन दिने ?
आगामी आर्थिक बर्षको लागि बेरोजगार व्यक्तिको सूचिमा सूचिकृतहुन स्थायी ठेगाना भएको वडा कार्यालयमा फागुन १ गते देखि फागुन मसान्त भित्रमा निवेदन दिईसक्नुपर्नेछ ।
लिंकमा जानुहोस्१६ . रोजगारि प्राप्त गर्नको लागि निवेदन दिन के के कागजात आवश्यक पर्छ ?
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा तोकिएको ढाँचामा निवेदन । साथै बिबाहित महिला तथा बसाईसराई गरेको अवश्था भएमा बिबाहदर्ता तथा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि ।
लिंकमा जानुहोस्१७ . रोजगारिको लागि छनौट भएका व्यक्तिले कस्ता कस्ता काम गर्नुपर्नेहुन्छ ?
रोजगारिको लागि छनौट भएका व्यक्तिले सार्वजनिक पूर्वाधार निर्माण वा अन्य सार्वजनिक आयोजना, सार्वजनिक पूर्वाधार मर्मत सम्भारका रोजगारमूलक आयोजना, श्रमिकको ज्याला रकममा साझेदारी आयोजना तथा सार्वजनिक क्षेत्रका आयोजनामा (जस्तै; सडक निर्माण तथा मर्मत सम्भार, कृषी तथा सिंचाई, ग्रामीण खानेपानी, वन तथा जलाधार क्षेत्र/स्वास्थ्य संस्था/विध्यालय/ मर्मत/सरसफाई लगायतका) कार्य गर्नुपर्नेहुन्छ ।
लिंकमा जानुहोस्१८ . कस्ता कस्ता व्यक्तिहरु न्यूनतम रोजगारिको लागि सूचिकृत हुन सक्छन ?
कम्तीमा अठार बर्ष उमेर पुरा भई उनान्साठ्ठी बर्ष उमेर ननाघेको, निवेदन दिएको आर्थिक बर्षमा न्यूनतम एकसय दिनको रोजगारमा संलग्न नभएको साथै रोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म सोही आर्थिक बर्षमा न्यूनतम पारिश्रमिक भन्दा कम आय भएका नेपाली नागरिकहरु न्यूनतम रोजगारिको लागि सूचिकृत हुन सक्छन ।
लिंकमा जानुहोस्१९ . वडा कार्यालयबाट यस सम्बन्धी के के सेवा प्राप्त गर्न सकिन्छ?
बेरोजगारको सूचिकरण विधि, स्थानीय तहमा संचालित आयोजनाहरुको सम्बन्धमा वडा कार्यालयबाट जानकारी प्राप्त गर्न सकिन्छ ।
लिंकमा जानुहोस्२० . रोजगार सेवा केन्द्र भनेको के हो र कहाँ-कहाँ छ?
बेरोजगार व्यक्तिको सूचना सङ्कलन, रोजगारीका अवसरहरूको पहिचान र सूचना प्रवाह, रोजगारदाताको लागि श्रमिक उपलब्धताको जानकारी र रोजगार सम्बन्धी अन्य सेवा प्रदान गर्न सबै स्थानीय तहमा रहने गरी स्थापना भएको सेवा केन्द्र नै रोजगार सेवा केन्द्र हो । यो सम्बन्धीत स्थानीय तह भित्र रही कार्य गर्नेगरी ७५३ वटै स्थानीय तहमा रहेका छन् ।
लिंकमा जानुहोस्२१ . ३. यस कार्यक्रम अन्तर्गत प्रदान गरिने न्यूनतम रोजगार भनेको के हो/कति दिनको हुन्छ ?
न्यूनतम रोजगार भन्नाले रोजगारी श्रृजनाको लागि स्थानीय तहबाट संचालनहुने रोजगार आयोजनाहरुमा एक आर्थिक बर्षमा उपलव्ध गराईने कम्तीमा एक सय दिन अवधिको रोजगारीलाई जनाउछ भने यो अबधि एक आर्थिक बर्षमा कम्तिमा एक सय दिनको हुन्छ ।
लिंकमा जानुहोस्२२ . बेरोजगार सहायता कार्यक्रम भनेको के हो?
बेरोजगार सहायता कार्यक्रम भन्नाले रोजगारीको अवसर सम्बन्धी सूचना उपलव्ध गराउने, रोजगारमूलक तथा सीपमूलक तालिम प्रदान गर्ने, बैंक तथा वित्तिय संस्था मार्फत स्वरोजगारको लागि सहुलियतपूर्ण ऋण उपलव्ध गराउने, स्वरोजगार सृजना गर्ने लगायत तोकिएका अन्य सहायता कार्यक्रमलाई बेरोजगार सहायता कार्यक्रम भनिन्छ ।
लिंकमा जानुहोस्२३ . यस कार्यक्रमको संवैधानीक तथा कानुनी आधार के हो?
नेपालको संविधानको धारा ३३ मा रोजगारीलाई मौलिक हकको रुपमा राखिएको छ, धारा ५१ मा राज्यका नीतिहरुमा श्रम र रोजगार सम्बन्धी नीतिलाई राज्यको एक नीतिको रुपमा राखेको छ साथै धारा ५२ मा मौलिक हक तथा राज्यका नीतिको कार्यान्वयन गर्ने राज्यको दायित्व हुनेछ भनि उल्लेख भएको छ । साथै यसरी संविधानमा उल्लेखित रोजगारीको हक सम्बन्धी व्यवस्थाको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ सोको कार्यान्वयनको लागि र... थप हेर्नुहोस्
लिंकमा जानुहोस्